खेलकुद

साफ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

२२ माघ, काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानसँग खेल्दैछ ।

खेल बीएसएसएस मोस्ताफा कमल स्टेडियमा ढाकामा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुर हुनेछ ।

पहिलो खेलमा पराजित भएका दुवै टोली आज सुखद नतिजाको लक्ष्यमा छन् ।

उद्घटान खेलमै भुटान भारतसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो । यस्तै नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।