राजनीति

कांग्रेस नेताहरुले पूर्वगभर्नर राणाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाए गरे श्रद्धाञ्जली अर्पण

२२ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले दिवंगत पूर्वगभर्नर हिमालय शमशेर जबराप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, सुनिलबहादुर थापा, प्रकाशमान सिंह लगायतका नेताहरुले जबराको बबरमहलस्थित निवास पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर जबराको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।