राजनीति

सरकारबाट निस्कने वा रहने भन्ने विषयको आन्तरिक छलफलमा रास्वपा , रबिलाई गृहमन्त्री दिन तयार भएनन् दहाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट निस्कने वा सरकारमा रहने भन्ने विषयको अन्तिम छलफलमा जुटेको छ ।

प्रधानमन्त्री प्रचण्डसँग भेटपछि रास्वपा सभापति रवि लामिछाने अहिले पार्टी कार्यालय बसुन्धारामा पुगेका छन् ।

अब रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने छ । बैठकले सरकारमा रहने कि नरहने भन्ने विषयको टुंगो लगाउने जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा रविले गृहमन्त्री बन्ने इच्छा देखाउँदै आएका छन् । उनले पूर्वसहमति अनुसार आफूहरुले गृहमन्त्रालय पाउनुपर्ने अडान लिँदै आएको छ । तर प्रधानमन्त्रीले भने रविलाई अहिले मन्त्री नबन्न सुझाव दिएका छन् ।