राजनीति

रास्वपालाई गगनको प्रश्न : ‘नो नट अगेन’ भनेर मत मागेको दल सरकारमा किन गएको ?

२५ माघ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अरू भन्दा भिन्न छौँ भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैले सोचेभन्दा धेरै मत पाएको र यसले आफूलाई सच्चिन दबाब दिएको बताए ।

शीर्ष नेताहरुविरुद्ध नो नट अगेन भनेर मत मागेको यो दल किन सरकारमा गएको र किन छाडेको भनेर प्रश्न गरेका छन् । उनले सोधेका छन्, ‘सरकारमा किन गएको पनि बताउनु नपर्ने रु सरकारबाट किन बाहिरिएको पनि बनाउनु नपर्ने ?’

सरकार छाड्दै गर्दा आफूहरूसँग भएको सहमति पालना नभएको भनेको भन्दै उनले भने, ‘सहमति पालना नगरेको प्रधानमन्त्रीले होइन ? हो भने सबभन्दा रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ? अनि सरकार छाड्दै गर्दा समर्थन लिनुपर्ने होइन ?’

‘हामीलाई किन समर्थन गरेको भने जस्तै समर्थन किन फिर्ता नलिएको भन्ने प्रश्न उठ्दैन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्न नमिल्ने हो ?’

सञ्चार माध्यमहरूलाई लाञ्छित गरी रास्वपा सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले यसबारे धेरै प्रतिक्रिया दिन आवश्यक नभएको बताए ।