समाचार

रन्जु दर्शना डेढ वर्षपछि पुरानै घरमा फर्किइन्

२६ माघ, काठमाडौं । रन्जु दर्शना पुरानै घर फर्किएकी छन् । डेढ वर्षपछि दर्शना विवेकशील साझा पार्टीमा फर्केकी हुन् । बिहीबार सामाजिक सञ्जालमार्फत् दर्शनाले पार्टीमा फर्केको जानकारी दिएकी हुन् ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएकी उनले लेखेकी छन्, ‘करिब डेढ वर्ष स्वतन्त्र रहेको म विवेकशील साझा पार्टीबाटै दलीय राजनीति पुनारम्भ गर्दैछु । भोलि र पर्सी (२७-२८) गते हुने वि.सा.पा.को महाधिवेशनबाट एकीकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिबद्ध छु ।’

करिब डेढ वर्ष स्वतन्त्र रहेको म, विवेकशील साझा पार्टी बाटै दलिय राजनीति पुनारम्भ गर्दैछु। भोलि र पर्सि (२७-२८) गते हुने वि.सा.पा. को महाधिवेशन बाट एकिकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिवद्ध छु। pic.twitter.com/bmuqv7Zzxh

— Ranju Darshana (Ranju Neupane) (@ranju_darshana) February 9, 2023