राजनीति

विवेकशीलको महाधिवेशन रवीन्द्र मिश्रका लागि ठूलो झापड : अध्यक्ष बास्कोटा

२७ पुस, काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टीको महाधिवेशन रवीन्द्र मिश्रका लागि झपड भएको टिप्पणी गरेकी छन् । पार्टीको महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले यस्तो बताएकी हुन् ।

उनले स्थानीय चुनाव हारेको आफूले धुलो टक्टक्याउन नपाउँदै पार्टीको नेतृत्वमा आउनु परेको बताइन् । मिश्रले पार्टी नै सकाएर राप्रपा करण गर्न खोजिएको आरोप लगाइन। ‘२ लाख १२ हजार मतलाई झरेर तल भयौं होला, तर पार्टी जोगायौं । हारिसकेको मान्छेलाई किन हराउने ? काम गरेर देखाउँ, यो नै उहाँका लागि झापड हुन्छ, उनले भनिन् ।

प्रतिबद्धताअनुसार ६ महिनाभित्र महाधिवेशन गर्न पनि सफल भएको अध्यक्ष बास्कोटाले बताइन् । विवेकशील साझाले स्थानीय चुनावमा नराम्रो हार व्यहारेपछि तत्कालीन अध्यक्ष मिश्रले राजीनामा दिएका थिए ।