आर्थिक

महालक्ष्मी लाईफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश

२७ माघ, काठमाडौं । जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको छ ।

पुराना स्थापित र पछि आएका कम्पनीहरु सँग अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरिय कारोबार गर्नु ठुलो चुनौती थियो। कम्पनी स्थापना पछिको निरन्तर दुई वर्षको कोरोनाको अवरोधले पनि शाखा संजाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाई भोग्दै यहाँसम्म आएको छ ।

नेपालको जीबन बीमा बजारमा देखा परेको अनेकौ समस्या र कठिनाईको बीचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरिय व्यवसाय सँगै कम्पनीको विस्वासनियता बृद्धिलाई प्राथमिकतामा राखेका थियो प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतना मूलक कार्यक्रम लिएर देशै भरी अभियान संचालन गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यी सबै कार्यक्रम संचालन गरेको कारण कारोबारमा निरन्तर बृद्धि संगै कम्पनीको राम्रो ब्राण्ड स्थापित गर्न प्रयासरत रहेको छ ।

त्यसैको फलस्वरुप प्रत्येक वर्ष मूनाफा संगै बीमितहरुलाई दिने बोनस दर पनि अन्य कम्पनी भन्दा राम्रो दिन सफल भएको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले गत आ.व. २०७८/७९ को पौष मसान्तको तुलनामा चालु आ.व. २०७९/८० को पौष मसान्त सम्ममा चुक्ता पूँजीमा ५०%, जगेडा कोषमा ६०.७ %, जीवन बीमा कोषमा ५६.४%, महाविपत्ति कोषमा ४४।५%, कर्जा लगानीमा २९.५%, दाबी भुक्तानीमा ३८% र मुनाफामा ३५.४% ले बृद्धि गर्न सफल भएको छ ।