राजनीति

राष्ट्रपति निर्बाचनले सरकार घटक दलको उच्च स्तरीय संयन्त्रमा टकराब

२७ माघ, काठमाडौं । आजको उच्च स्तरीय समिति बैठकमा जसपा, जनमत पार्टीको उपस्थिति भएन ।
प्रधानमन्त्ती पुष्पकमल दहाल संयन्त्रका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रबि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिँदेनको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बनेपछि गठबन्धनसँग झस्किएका केपी शर्मा ओली सकेसम्म प्रधानमन्त्री दहललाई चिढ्याउने पक्षमा छैनन् । प्रधानमन्त्रीले सहमतीमा राष्ट्रपति बनाउने कुरा गर्दा एमाले अध्यक्ष ओलीले ठाडै अस्वीकार गर्दै काँग्रेसको भ्रममा नपर्न आग्रह गरेको बताईएको छ ।
फगुन २५ गते हुने भनिएको राष्ट्रपति निर्बाचनमा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेस नेता कृष्ण प्रसाद सिटौला, पुर्व प्रधान नयायधीश कल्याण श्रेष्ठ, पुर्व राजदूत निलाम्बर आचार्यलगायतको चर्चा चलेको छ । सहमतीमा हुँदा एमाले वा काँग्रेसको कसलाई बनाउने भन्ने नभनेपनि सहमती भनेको काँग्रेस उममेद्वार हुने प्रधानमन्त्रीको संकेत देखिन्छ । ओलीले आफुले भनेको मान्छे राष्ट्रपति हुने बताएका भएपनि माहौल काँग्रेसको पक्षमा आएको भन्दै अहिले नै गठबन्धनमा शंका गर्ने ठाउँ नभएको बताउने गरेका छन् । राष्ट्रपति निर्बाचनले सरकार घटक दलको उच्च स्तरीय संयन्त्रमा टकराब
श्रृजना गरेको छ । सरकार नै ढल्ने हो कि भन्नेसम्मका मनमोटावहरु देखिन थालेका छन् ।