राजनीति

राष्ट्रपतिद्वारा रात्रीभोज आयोजना (फोटो फिचर)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसदहरुका लागि रात्रीभोजको कार्यक्रम आयोजना गरेकी छिन् । राष्ट्रपति कार्यालय शितल निवासमा शनिवार अपराह्न साढे ३ बजेदेखि आयोजना गरिएको कार्यक्रममा सरकारका मन्त्रीहरु, संघीय संसदका दुबै सदनका सांसदहरु, संवैधानिक आयोगका पदाधिकारी लगायतलाई निमन्त्रणा गरिएको जनाएको छ ।

कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सरकारका प्रधानमन्त्री मन्त्री तथा सांसदहरु लगायतलाई स्वागत मन्तब्य राख्ने कार्यतालिका रहेको छ । त्यसपछि सांस्कृतिक कार्यक्रम गर्ने र साँझ रात्रीभोज गर्ने कार्यक्रम रहेको जनाएको छ ।