राजनीति

प्रधानमन्त्री दाहालसँग राजदूतद्वयको शिष्टाचार भेटवार्ता

२९ माघ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा हाम्दी अहमद इल्जेबालीले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राजदूत नोहाले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् । उनीहरूबीच दुई देशबीचको सम्बन्ध र बहुपक्षीय सहयोग आदानप्रदानबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्री दाहालसँग नेपालका लागिका नर्वेका राजदूत टोरून ड्रमडालले पनि शिष्टाचार भेट गरेका छन् ।आपसी हित बहुपक्षीय विकाससम्बन्धी सहयोग आदानप्रदानबारे प्रधानमन्त्री दाहाल र राजदुत टोरून बीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।