राजनीति

चितवनको उपनिर्वाचनमा कांग्रेसका सभापति र पुर्व सभापतिको दावी

२९ माघ,काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर -२ मा उपनिर्वाचनको मिति तय गरेसगै चितवनमा चुनावी सारगर्मी बढ्न थालेको छ।सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि सो क्षेत्र जनप्रतिनिधि बिहिन हुन पुगेको थियो।

आयोगले निर्वाचनको मिति घोषणा गरेपछि सम्भावित उम्मेद्वारहरूको चर्चा हुन थालेको छ। नेपाली कांग्रेसको तर्फबाट पुर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो दावी रहेको बताउदै आएपनि जिल्ला सभापति राजेश्वर खनाल र पुर्व सभापति जितनारायण श्रेष्ठलेको पनि दावी रहेको बुझिएको छ।

पार्टी एक ढिक्का भएर बैशाख १० गते हुने भनिएको उपनिर्वाचनमा जाँदा कसैले हराउन नसक्ने दुवै नेताहरुको भनाइ छ ।पुर्व सभापति श्रेष्ठले अघिल्लो निर्वाचनमा उमेश श्रेष्ठलाई निर्वाचित गराउन लगियो तर सम्भब भएन अब युवा पुस्तालाई अघि बढाउनु पर्ने बताए।

आफु ग्राउण्ड लेबलको कार्यकताबाट अनुमोद भएर आउने भन्दै पार्टीले पनि कायकर्ताको भावनामा बुझ्ने पर्ने श्रेष्ठको भनाइ छ। यता बर्तमान सभापति खनालले सहमतिको आधारमा साझा उम्मेदवार बनाएर जानु पर्ने पक्षमा आफु रहेको बताए।

यद्यपि कांग्रेस भित्र तीन जना उम्मेदवारको आकांक्षी देखिए पनि पार्टीले कसलाई अगाडी सार्छ त्यो भने आगामी दिनमा देखिने छ। यता सरकारमा रहेका दलहरूले कसलाई उम्मेदवार खडा गर्ने हो त्यो पनि निर्णय हुन बाकि रहेको छ।