राजनीति

संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने सरकारको निर्णयले देश कता जाँदैछ? भन्ने प्रश्न उब्जियोः बरिष्ठ नेता डा कोईराला

१ फागुन, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवश मनाएर आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? भन्ने प्रश्न उठाएका छन् ।
आज फागुन १ गतेलाई महान जनयुद्ध दिवश भन्दै सरकारी बिदा दिने सरकारले निर्णय गरेपछि आक्रोशित हुँदै देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ? भ्रश्नहरु थपेका छन् ।
डा कोईरालाले स्टाटस् लेख्दै एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणा गरेर द्वेद चरित्र देखाएको स्पष्ट गर्न खोजेका छन् ।
काँग्रेसका आशलाग्दा नेतृत्वकर्ताका रुपमासमेत हेरिएका डा कोईरालाले आज माओबादी केन्द्रका अध्यक्ष पुसष्पकमल दहाल नेतृत्वको सरकारले गरेको सार्बजनिक बिदा दिने निर्णयको गम्भीर रुपमा प्रदिबाद गरेका भएपनि काँग्रेस सभापति शेरबहादुर देउवाबाट जनयुद्ध दिवशमा बिदा दिने बिषयमा अहिलेसम्म कुनै प्रतिकृया आएको छैन ।
प्रधानमन्त्री दहालको सार्बजनिक बिदा दिने निर्णयमा राप्रपाका मन्त्रीहरुले भने असन्तुष्टी जनाईसकेका छन् ।

उनको स्टाटस्ः एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?