१ फागुन, दाङ । नेकपा (माओवादी केन्द्र) की नेतृ विमलाकुमारी वलीले पार्टी परित्याग गरेकी छन् । लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री समेत रहेकी उनले माघ २४ गते नै पार्टीको जिल्ला कमिटी दाङमा राजीनामा पत्र बुझाएकी हुन् ।
वलीले आफ्नो राजनीतिक उतार चढावमा बेलामा पार्टीले सहयोग नगरेको आरोप लगाउँदै पार्टी परित्याग गरेकी हुन् । उनले आफूलाई जबरजस्ती मन्त्री पदबाट राजीनामा दिन लगाइएको उनले बताएकी छन् ।





