राजनीति

सभामुख र बेलायती राजदुतबीच शिस्टचार भेटवार्ता

१ फागुन, काठमाडौँ । बेलायती राजदुत निकोला पोलिट र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सिंहदरवार स्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशको पारस्परिक सम्बन्ध र संसदीय अनुभवको आदान प्रदान भएको बताइएको बताइएको हो।

भेटमा सभामुख घिमिरेले दुई देशको सरकारसँग मात्रै नभएर जनतासँग पनि सम्बन्ध सुधार भएको बताएका थिए । बेलायत र नेपालको २ सय बर्ष पुरानो सबन्धलाई सम्झदै सभामुख घिमिरेले विकाशको साझेदारी र विश्व शान्ती स्थापनामा दुई देशको महत्वपूर्ण भूमिका रहेको स्मरण समेत गरेका थिए।

भेटमा राजदुत पोलिटले नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको १ सय बर्षको अवसरमा नेपालबाट उच्चस्तरिय राजनीतिक भ्रमणको तयारी रहेको जानकारी दिएकी थिइन् । नेपालबाट उच्चस्तरीय भ्रमणको विषयमा छलफल गर्नको लागी पनि आजको भेटवार्ता महत्वपुर्ण रहेको जनाइएको छ ।

सभामुख घिमिरेले प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछी नेपालका लागी भारत र चिनियाँ राजदुतसँग यसघि नै भेटवार्ता गरिसकेका छन् ।