अन्तर्राष्ट्रिय

उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या

१ फागुन, एजेन्सी । उत्तरी वेस्ट बैंक शहर नाब्लसमा सोमबार बिहान इजरायली सेनाले गरेको कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

प्यालेस्टाइनी चिकित्सक तथा प्रत्यक्षदर्शीहरूले बताए अनुसार इजरायली सैनिकको गोली लागेर गम्भीर घाइते भएका २१ वर्षीय अमिर बुस्तामीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नाब्लसस्थित प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ ।

यसैगरी थुप्रै प्यालेस्टाइनी युवा र इजरायली सशस्त्र सेनाबीचको झडपमा अन्य पाँच जना सामान्य घाइते भएको विज्ञप्तिमा उल्लेख छ । नाब्लसका प्यालेस्टाइनी प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार इजरायली सेनाले बिहानै उक्त शहरमा आक्रमण गरेको प्यालेस्टाइनीहरूलाई पक्राउ गर्न भवनलाई घेरेको थियो । इजरायली रक्षा बलले विज्ञप्ति जारी गर्दै सुरक्षा बल प्यालेस्टाइनी संदिग्धहरूलाई पक्राउ गर्न नाब्लस प्रवेश गरेको बताएको छ ।

खोजीका क्रममा गोली हानाहान हुँदा उक्त घटना बएको बताइएको छ । यसै बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा इजरायली दक्षिणपन्थी सरकार गठन भएपछि पश्चिम बैंक र पूर्वी जेरुसेलममा तनाव बढ्दै गएको छ ।