अन्तर्राष्ट्रिय

उत्तरी नाइजेरियामा बन्दुकधारीको आक्रमणमा पाँच प्रहरीको हत्या

१ फागुन, एजेन्सी । नाइजेरियाको उत्तरी नाइजर राज्यमा नागरिकमाथि आक्रमणको प्रयास गर्दा सुरक्षाकर्मीहरूले जवाफी कारबाही गर्दा पाँच प्रहरीको मृत्यु भएको छ ।

नाइजरका प्रहरी प्रवक्ता वासिउ अबियोदुनले शनिबार प्रहरी र सेनाको संयुक्त टोलीले उक्त राज्यको गुरारा स्थानीय सरकारी क्षेत्रको एउटा गाउँ नजिकै बन्दुकधारीहरूले स्थानीयहरुलाई आक्रमण गर्ने प्रयास गरेको थाहा पाएपछि सो प्रत्याक्रमण गरिएको हो ।

प्रहरीका अनुसार सो आक्रमणमा केही बन्दुकधारी मारिएका छन् भने केही गोली लागेर भागेका छन् ।