राजनीति

साँसद शाहीको प्रश्नः सबै मन्त्रालयहरु प्रधानमन्त्रीले नै चलाउने भए किन चाहिए मन्त्रालय ?

३ फागुन, काठमाडौं । राप्रपा साँसद ज्ञानेन्द्र शाहीले लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाउन नपाईने बताएका छन् ।
उनले आजको पव्रतिनिधि सभा बैठकमा बोन्दै सबै मन्त्रालय प्रधानमन्त्रीले नै चलाउनेभए किन मन्त्री पद राख्नु भन्दै तत्काल गृहमन्त्रीलगायत खाली मन्त्रीहरु नियुक्त गर्न आग्रह गरेका छन् ।
राप्रपाका साँसद शाहीले धेरै जताततै लुटतन्त्र भएको भन्दै त्यसको अन्त्यका लागि तत्काल सरकार लागिपर्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।