अन्तर्राष्ट्रिय

श्रीलङ्काले मार्चसम्ममा आईएमएफको स्वीकृति पाउने राष्ट्रपतिको भनाइ

३ फागुन, एजेन्सी । श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बोर्डबाट मार्चसम्ममा दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत हुने जनाएको छ ।

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइएमएफको बोर्डबाट मार्चसम्ममा दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेजका लागि स्वीकृति प्राप्त हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

कोलम्बोको एक निजी विश्वविद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले श्रीलङ्काको अर्थतन्त्र अहिले स्थिर हुँदै गएको र यसले चाँडै नै ऋण पुनर्संरचना प्रक्रिया सुरु गर्न सक्षम हुने बताएका हुन् ।

विक्रमासिङ्घेले ऋण पुनर्संरचना प्रक्रिया पूरा गर्न देशमा राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।

श्रीलङ्काले सन् २०२२ मा विस्तारित कोष सुविधा (इएफएफ) कार्यक्रम प्राप्त गर्न आईएमएफसँग प्रारम्भिक सम्झौता गरेको उनको भनाइ छ ।

श्रीलङ्काले अप्रिल २०२२ मा बाह्य ऋण भुक्तानी स्थगन गरेको थियो र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग कर्जा प्याकेजका लागि वार्ता थालेको थियो ।
–––