राजनीति

डा भण्डारीको स्वास्थ्य लाभको कामना गर्न सभापति देउवा किर्तिपुरस्थीत अस्पतालमा

४ फागुन, काठमाडौं । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आमा हरिकलाको भने केहीबेर अगाडी नै निधन भईसकेको छ ।

बुधबार राति ग्यास सिलिण्डर पड्किएर हरिकलाको शरीरको ७० प्रतिशत भाग र सांसद चन्द्रकान्तको दुवै हात र गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ ।

यसैबीच सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगी उहाँहरुको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

अस्तपालले हाल उपलब्ध साधन र स्रोतको अवस्थामा उहाँहरुको यथोचित उपचार स्वदेशमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको थियो ।