खेलकुद

स्कटल्याण्डले दियो नेपाललाई २७५ रनको लक्ष्य

५ फागुन, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको आजको खेलमा स्कटल्याण्डले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो ।

सुरूवाती चरणमा निकै दवाबमा रहेको स्कटल्याण्ड ७ औं नम्बरमा आएका माइकल लिस्टले सतक प्रहार गरेपछि उक्त स्कोर खडा गरेको हो ।

स्पीनरहरुले स्कटल्याण्डको लगातार विकेट लिएपछि दबावमा परेको स्कटिस टोलीले निर्धारीत ५० ओभरको पुरै खेल खेल्दै ९ विकेट गुमाएर २७४ रन बनाएको हो ।

नेपालको तर्फबाट सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ९ ओभर बलिंङ गर्दै १ मेडन र ४९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडन र ५२ रन खर्चेर १ विकेट लिए ।कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्र सिंह ऐरीले ५ ओभरमा २५ रन खर्चेर समान १ विकेट लिएका थिए ।