राजनीति

राष्ट्रपति कांग्रेसबाटै हुन्छ : प्रकाशमान सिंह

५ फागुन, काठमाडौं । : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन् । आज नेपाल जेसिसकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेता सिंहले यस्ताे दाबी गरेका हुन् । उनले संसदकाे पहिलाे दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफुहरूकाे दाबी स्वभाविक रहेकाे बताए ।

“सन्तुलनका लागि राष्ट्रिय कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छाैं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ,” सिंहले भने । राष्ट्रपतिकाे विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद समेत रहेका सिंहकाे दाबीलाई अर्थपूर्ण ठानिएकाे छ । उनले कांग्रेसबाट काे राष्ट्रपतिकाे उम्म्दवार बन्ने भन्नेबारेमा केही खुलाएनन ।

पुस १० काे सहमति अनुसार भन्दै एमालेले राष्ट्रपतिमा दाबा गरिरहेको छ भने माओवादी राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ । नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वभाविक हुने पनि बताए । उनले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिकाे शासन कायम हुनुपर्नेमा जाेड दिए ।

कांग्रेसले व्यवस्था परिवर्तन गरेर लाेकतान्त्रिक प्रणाली स्थापित गरेकाे तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेकाे सिंहकाे भनाई थियाे । उनले, जादूकाे छडी त काेहीसँग छैन । अहिलेका व्यवस्थालाई संस्थागत गर्न नेपालकाे राजनीति केन्द्रीत भइरहेकाे हामीले मनन् गर्नु पर्ने समेत बताए ।

नेपाल जेसिसकाे प्रसिक्षण भेला आज र भाेलि दुई दिन सम्म काठमाडौ मा चल्ने छ भेलामा देस भर का जेसिस अभियानता हरुकाे सभागिता रहेकाेछ ।