खेलकुद

स्कटल्याण्डमाथि नेपालको शानदार जीत

५ फागुन, काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज भएको स्कटल्याण्ड विरुद्दको खेलमा जित हासिल गरेको छ।

दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल ब्याटिङमा चम्किदा शीर्ष स्थानमा रहेको स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको हो ।

स्कटल्याण्डले नेपाल सामु २७५ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाउदै पूरा गरेको हो ।

दीपेन्द्र र कुशल दुबैले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए भने कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए ।