राजनीति

पुस १० को सहमती कार्यन्वयन नभए भंग हुन्छ : ओली

५ फागुन, काठमाडौं । सत्ता साझेदारी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र र प्रधमनमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता बाल्लिदो छ। राष्ट्रपतिको आसन्न निर्वाचन नजिकिदै गर्दा सत्तारुढ ठुलादलाका प्रमुखको भेटवार्ता भने सहमति उन्मुख देखिदैन ।

ओली कहीले बालुवाटार धाउने त प्रचण्ड कहीले बालकोट धाउदा धाउदै थकित जस्तै बनेका छन्। पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार एमाले र एमालेलाई राष्ट्रपति र सभामुख पद दिने भद्र सहमत गर्न तयार प्रचण्ड सत्ताको नेतृत गर्न पुगेका थिए तर आज त्यही सहमति एक आपसमा कार्यन्वयन गर्न समस्या परेको छ ।

एमालेलाई राष्ट्रपति दिंदा साढे दुई बर्ष पछि सत्ताको ताला-चावी ओलीलाई बुझाउनु पर्ने दुई दलबीच सहमती छ तर राष्ट्रपति एमालेलाई दिंदा यस अघिका घटनाक्रमले ओली सर्वसत्तावादी बन्ने खतरा प्रचण्डले देखेका छन् । कतै संसद विघटनको पुरानै नियती देशले भोग्नु पर्ने हो कि भन्ने आशंका प्रचण्डलाई छ ।

आज भएको भेटमा यि दुई नेताबीच सहमती कार्यन्वयन कै विषयमा छलफल केन्द्रीत रहेको थियो । भेटमा ओलीले सहमतिबाट किन पछि हट्न खोज्नु भयो ? भन्दै प्रचण्डलाई प्रश्न गरेका थिए। जवाफमा प्रचण्डले सहमति कार्यान्वयन हुन्छ तर राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्र एमालेले उठाउनु पर्ने र राष्ट्रिय सहमति गर्नु पर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले विगतका दुई राष्ट्रपतिले गैरदलीय पदमा पुग्दा पनि दलगत मोह त्याग्न नसकेको र गणतन्त्रको सौन्दर्यका लागि पनि तुलनात्मक रुपमा स्वतन्त्र व्यक्ति खोज्न आवश्यक रहेको जवाफ दिए । प्रचण्डले ओलीलाई भने, ‘पुस १० गते एमालेलाई राष्ट्रपति दिने भनेर कुरा भएकै हो । तर फरक खालेको सर्वमान्य व्यक्तित्वलाई उम्मेदवारका रुपमा ल्याउनु पर्यो ।’

करिव दुइ घन्टाको तिक्ततापूर्ण कुराकानीबाट उठेका प्रचण्डले एमालेसंग केही दिन भित्र सहमति हुने प्रतिक्रिया दिएका थिए भने एता एमालेले प्रधानमन्त्री प्रचण्डको कुरालाई लिएर अर्कै धारणा बनाउने संकेत गरेको छ।

३२ सिटको सानो पार्टीले ५ बर्ष सरकार चलाउने लोभले राष्ट्रपति अर्कैलाई दिने प्रचण्डको चाल रहेको एमालेका नेताहरूले बताउदै आएका छन् । छलफलमा ओलीले पुस १० को सहमति लागु नहुने हो भने घुमाउरो भाषा यो सरकारलाई एमालेको साथ नरहने संकेत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि विश्वासको मत दिएर आफ्नो पार्टीले थापेको ढोक्सामा ठुलै माछा पर्ने सार्वजनिक रूपमै बताउदै आएका छन् ।

समय परिवर्तन भए जस्तै राजनीतिमा पनि केही दिनको अन्तरालमा समिकरण बदलिन सक्ने आंकालन गरिदैछ । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले बलियो साथ् दिने हो भने राष्ट्रपति कांग्रेसको भागमा नपर्ला भन्न सकिन्न । दलहरूको रानीतिक स्वार्थ बाझिदा दुख र सास्ती भने जनताले भोग्नु पर्ने उही पुरानै नियती दोहोरिने देखिन्छ।