खेलकुद

नेपाललाई नामिबियाले दियो २७५ रनको लक्ष्य

६ फागुन, काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबियाले नेपाललाई २७५ रनको लक्ष दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।

ब्याटिङको निम्तो पाएको नामिबियाले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनायो नामिबियाका जान ग्रीनले अविजित ७५ रन बनाए । ग्रीनले ६३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरेका थिए ।

त्यस्तै नेपालका लागि सन्दीप लामिछानेले १० ओभर गर्दै ४६ रन खर्चेर ३ विकेट हातपारे । आजको खेलमा करण केसीले १ विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै ७० रन खर्चिए ।दीपेन्द्र सिंह ऐरीले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चिए ।

ऐरीले यस खेलमा विकेट लिन भने सकेनन ।