खेलकुद

नेपालले नामिबियालाई ‍‍३ विकेटले हरायो

६ फागुन, काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत आज भएको खेलमा नेपालले नामिबियालाई ‍‍३ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदा नै पुरा गरेको हो ।

नामिबिया माथि नेपालको यो दोस्रो जीत हो भने हिजो भएको खेलमा नेपालले स्कटल्याण्डलाइ पनि ३ विकेटले जितेको थियो ।

नेपालको तर्फबाट आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए ।