राजनीति

पुर्व राजा ज्ञानेन्द्र आक्रोशित हुँदै भन्छन्ः नेपालको निरन्तर अधोगतिप्रति अब मौन रहन सक्दैनौं

६ फागुन, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको भन्दै राजनीतिक दल र राजसँस्था मिलेर अगाडी बढ्नुपर्ने बेला आएको बताएका छन् ।
पूर्व राजा शाहले फागुन ७ गते अगावै प्रजातन्त्र दिवशको अवशरमा बिज्ञप्ची प्रकाशित गर्दै राजसँस्था अव चुप लागेर बस्न नसक्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं ।’
केहीदिन अगाडीमात्र झापामा सामाजिक अभियान्ता दुर्गा प्रसाईले गरेको एक कार्यक्रममा देखा परेका शाह आक्रोशित हुँदै उक्त कुरा बताएका हुन् ।
उनको बिज्ञप्तीः