७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो सत्ता गठबन्धन राष्ट्रपतिको निर्वाचन लगत्तै भत्किने ठोकुवा गरेका छन् । आज काठमाडौंको कीर्तिपुमा अनेरास्ववियूको स्थायी कमिटी बैठकको उद्घाटन गर्दै नेपालले सत्ता गठबन्धनको भविष्य नरहेको बताएका हुन् ।
उनले राष्ट्रपतिको निर्वाचनको लागी उम्मेदवार खडा गरे समय नजिकिदै गरेको भन्दै अबको एक हप्तामा गठबन्धनको भविष्य बारे टुंगो लाग्ने समेत बताए ।
अध्यक्ष नेपालले सत्ता गठबन्धनमा संविधान विरोधी र संविधानका पक्षधर सबै शक्ति भएका कारण उक्त गठबन्धन लामो समयसम्म नटिक्ने दावी गरेका हुन् ।





