राजनीति

चुनावअघि राष्ट्रपति हामीलाई दिने सहमति भएको थियो : अध्यक्ष नेपाल

९ फागुन, दाङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिबारे चुनावअघि कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग कुरा भएको बताएका छन् ।

मंगलबार दाङका सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले त्यस बेला आफूहरूले नाम अघि सारेको र त्यसमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति जनाएको बताए ।

त्यस्तै, उनले राष्ट्रपतिका लागि आएको प्रस्तावबारे केही नसोचेको र चाहाना राख्नु एउटा कुरा भए पनि त्यसबारे आफू र आफ्नो पार्टीले केही सोचिसकेको अवस्था नरहेको बताए ।

पावर सेयरिङका सवालमा आफ्नो पार्टीको भूमिका हुनुपर्ने उनले बताए । ‘चाहना राख्ने कुरा बेग्लै हो, मैले पनि के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन’, उनले भने ।