अन्तर्राष्ट्रिय

कोरियाली प्रायद्वीपको समस्या राजनीतिक समाधानमा चीनको जोड

९ फागुन, एजेन्सी । चीनले कोरियाली प्रायद्वीप समस्याको समाधान राजनीतिक समाधान खोजिनु पर्नेमा जोड दिएको छ । साथै उसले त्यसनिम्ति सम्बद्ध पक्षको प्रतिबद्धता अपरिहार्य भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घ लागि चीनका स्थायी उपप्रतिनिधि डाई बिङले कोरियाली प्रायद्वीपमा फेरि द्वन्द्व बढेको वास्तविकतातर्फ ध्यानाकर्षण गराउँदै स्थिति थप चर्किन सक्ने चेतावनी दिए । उनले द्वन्द्वबाट कुनै पक्षको हित नहुने बताउँदै चीनले कोरियाली प्रायद्वीपमा दिगो शान्ति चाहेको उल्लेख गरे ।

“हामी सम्बन्धित पक्षहरूलाई शान्त र संयमित हुन, राजनीतिक समाधानको सही दिशामा प्रतिबद्ध रहन आह्वान गर्छौँ । तनाव बढाउने कार्य नगर्न अपील गर्छौँ,” सुरक्षा परिषद् बैठकमा नियोग उपप्रमुख डाईले भने ।

कोरियाली प्रायद्वीप मुद्दाको जडमा जडमा ध्यान केन्द्रित गर्न आवश्यक भएको उनले बताए । उत्तरकोरियाले लामो समयदेखि ठूलो सुरक्षा दबाब, चुनौती र धम्कीको सामना गरिरहेको पनि उनले उल्लेख गरे ।

यो वर्षको सुरुदेखि नै संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले प्रायद्वीप वरिपरि संयुक्त सैन्य गतिविधि बढाएकाले उक्त क्षेत्रमा असुरक्षाको भावना बढेकाले सम्बद्ध पक्षलाई गम्भीर हुन नियोग उपप्रमुख डाईले आग्रह गरे । उत्तर कोरियासँग अमेरिकाले निःशर्त वार्ता गर्नुपर्नेमा पनि उनले जोड दिए ।