९ फागुन, काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकोको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । एनआईसी एशिया बैंकको यही फागुन ५ गते बसेको सञ्चालक समितिको ५९०औँ बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
एनआईसी एशिया बैंक एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक हो । त्यसैगरी, दिनेश भारीलाई सञ्चालक पदमा नियुक्त गरेको छ । संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएकोमा लघुवित्तको यही फागुन ८ गते बसेको सञ्चालक समितिको १६६औँ बैठकले राठी र भारी दुवै जनालाई बाँकी रहेको कार्यकालसम्मका लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।
साथै, उक्त सञ्चालक समितिको बैठकबाट राठी सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् । सो पदमा यसअघि सञ्चालकहरू कपिल ढकाल र प्रकाश बरालले संस्थापक समूहमा संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए ।
नवनियुक्त अध्यक्ष राठीले ८ फागुनमै नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथग्रहण गरिसकेका छन् भने सञ्चालक भारीलाई अध्यक्ष राठीले शपथ खुवाएका हुन् ।





