समाचार

विस्फोटक पदार्थ खेलाउँदा दुई बालक घाइते

९ फागुन, गण्डकी । वनमा भेट्टाएको विस्फोटक पदार्थ खेलाउँदा पोखरा महानगरपालिका-३३ ठूल ढुंगाका दुई बालक घाइते भएका छन् ।

प्रहरीका अनुसार विस्पोटक पदार्थ घरमा लगेर खेलाउँदा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाइते भएका छन् । दुवैको हात र खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अहिले उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा उपचारका लागि लगिएको छ ।