समाचार

बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प

१० फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।