राजनीति

देउवालाई भेट्न माधव नेपाल पुगे धुम्बाराही

१० फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै अध्यक्ष नेपालसहित महासचिव बेदुराम भूसाल र सचिवालय सदस्य घनश्याम भूसाल सभापति देउवालाई भेट्न पुगेका हुन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आज बसेको पार्टी सचिवालय बैठकमा आफूलाई एमालेले राष्ट्रपतिको प्रस्ताव गरेको नाएका थिए ।