राजनीति

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच छलफल जारी

११ फागुन, काथ्मादोउनो। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटघाट भएको छ ।

राष्ट्रपति निर्वाचन सजिकिएसँगै प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच बिहिबार सिंहदरबारमा छलफल जारी छ । उक्त छलफलमा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

उक्त भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी भएका छन् ।