राजनीति

राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक : पर्यटनमन्त्री किराती

११ फागुन, टक्सार (भोजपुर) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक भएकाले सहमति कायम गरेर नयाँ राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन् ।

नयाँ राष्ट्रपतिका लागि दलहरू बीच सरगर्मी बढिरहँदा मन्त्री किरातीले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा नै चयन हुनुपर्ने बताउँदै राष्ट्रिय सहमतिको विकल्प नभएको उल्लेख ह्स्त्र ।

उद्योग वाणिज्य सङ्घ भोजपुरले गरेको जिल्लाको संस्कृति, पर्यटन प्रवर्द्धन र विकास विषयक अन्तक्र्रियामा सहभागी हुँदै मन्त्री किरातीले दलहरूका बीचमा पदको बाँडफाँट भएको र राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपति दिँदा पनि फरक नपर्ने बताए । राष्ट्रिय सहमति कायम गर्न सकिएमा मुलुक पनि सहजरूपमा अगाडि बढ्ने उनको धारणा छ ।

सोही क्रममा उद्योगी व्यवसायीहरूले राखेका मागका विषयमा बोल्दै मन्त्री किरातीले आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको बताए । “नेपालीपनको पर्यटन नेपालमा हुनुपर्छ”, उनले भने, “अरु देशको फोटोकपी गर्नु हुँदैन, प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ ।”

सो क्रममा उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले विकासको खाका समेटिएको अवधारणापत्र मन्त्री किरातीलाई हस्तान्तरण गरे ।