राजनीति

अन्य दलसँगको छलफलपछि प्रधानमन्त्री दाहालले भने-‘ओलीजीसँग भोलि कुरा हुन्छ’

११ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस लगायत जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका छन् । आज भएको तीन दलका नेताहरूको छलफलमा पर्सि १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयनमा कसलाई अघि सार्ने भन्ने बारे छलफल भएको हो ।

प्रधानमन्त्री दाहालले भोली एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने बताएका छन्। बैठकपछि संक्षिप्त प्रतिक्रिया दिंदै दाहालले भने ‘भोलि एमाले अध्यक्षसँग कुरा हुन्छ ।’

सत्ता साझेदारीको मुख्य दल एमालेले आफ्नो पार्टीको उम्मेदवार राष्ट्रपति बनाउन प्रधानमन्त्रीलाई दवाब दिदै आएको छ। ओलीको दवाबको बेवास्ता गर्दै आएका दाहालले कांग्रेससँग कुरा मिले गठबन्धन बदलेर निर्वाचन अघिकै गठबन्धन ब्युत्याउन सक्ने आंकलन समेत गरिएको हो ।