राजनीति

तोसिमाको प्रश्न- सडक ६ वर्षदेखि अलपत्र कारण ठेकेदारको मिलोमतो र दबाव हो ?

१२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले सडक आयोजनाहरु निर्माणमा रहेको बेतिथि अन्त्य गर्न आग्रह गरेकी छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न नहुँदा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

त्यतै, सांसद कार्कीले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई सडक विभाग उपत्यका खानेपानी लिमिटेडल काम गर्न नसक्नु कसको स्वार्थ हो ? भन्दै प्रश्न गरेकी छन् ।

सांसद कार्कीले टुँडीखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण ठूला ठेकेदारको मिलोमतो र दबाव हो ? भन्दै प्रश्न गरेकी छन् ।