समाचार

राष्ट्रपति चयनबारे प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल जारी

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निर्वाचन नजिकिएसँगै एमाले अध्यक्ष ओली प्रधानमन्त्री दाहाललाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । उक्त भेटमा उनीहरुबीच राष्ट्रपति चयनका बारेमा छलफल जारी रहेको स्रोतले बतायो ।