राजनीति

एमालेको उम्मेदवार नै राष्ट्रपति : अध्यक्ष ओली

१२ फागुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलले उम्मेदवारी दिने दावी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद भवनबाट बाहिरिंदै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

एमालेले आफ्नै उम्मेदवार उठाउँछ भन्ने प्रश्नमा पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले भोलि मनोनयन हुने र एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएको बताए ।

उनले गठबन्धनमा खटपट घटनाक्रम थाहा नभएको र एमालेको उम्मेदवारी नै राष्ट्रपति बन्ने दावी गरे ।