राजनीति

सुनसरी जील्लामा संस्थापन पक्ष भन्दा कोइराला पक्षको दवदवा छः नेता कट्वाल

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेस सुनसरी जील्ला कार्यसमितिका पुर्व सचिव बुद्धि कट्वालले राष्ट्रपति पद नेपाली कांग्रेसले पाउने बताएका छन् । आज सुर्यखबरसंग संक्षिप्त कुरा गर्दै देशले अघिल्लो राष्ट्रपतिको कार्यकालबाट भोग्नु परेको दुःख अब नयाँ बन्ने राष्ट्रपतिबाट नहोस् भन्नको लागि पनि राष्ट्रपति कांग्रेसले पाउनु पर्ने विचार व्यक्त गरेका हुन्।

पुर्व महासमिति सदस्य समेत रहेका कट्वालले तत्कालिन ओली सरकारले फिसारिस गरेको जस्तोसुकै अध्यादेश राष्ट्रपतिले आँखा चिम्म गरेर स्वीकृत गरेको प्रसङ्ग निकाल्दै भने, ‘राष्ट्रघात हुने कुनै पनि कार्य हुन नदिनको लागि पनि राष्ट्रपतिमा कांग्रेस विजय हुनुपर्छ।’
उनले अहिले भईरहेको सत्ता समीकरण केही दिनमै बदलिने संकेत गर्दै भने, ‘राष्ट्रपति कांग्रेसको भागमा पर्ने लगभग पक्का छ। अब फागुन २५ गतेको राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार निर्वाचित भएपछि सत्तामा रहेको एमाले प्रतिपक्षमा पुग्छ।’

कटवालले, पार्टी भित्र गुट–उपगुट रहेको पनि स्वीकार गरेका गर्दै सुनसरी जील्लामा संस्थापन पक्ष भन्दा कोइराला पक्षको दवदवा रहेको बताएका छन् । उनले काँग्रेसको केन्द्रको गुटको असर वडा कमिटिसम्म पुगेको स्वीकार गरेका छन्।
उनले भने, ‘पार्टी भित्र रहेको आन्तारिक गुटगत समस्या तल्लो स्तरसम्म पुगेका कारण पनि राजनीतिमा आउन चाहना राख्ने युवा, विद्यार्थीहरूलाई नराम्रो असर हुनसक्ने बताए । पार्टी भित्र विचार र सिद्धान्तको लडाई नभएर पदलोलुपताको कारण समस्या आएको समेत बताए। सँस्थापन पक्ष वा कोईराला वा अन्य पक्ष भनेर होइन दुवै पक्ष एकता भएर अघि जान सके मात्रै कांग्रेस मजबुत हुने उनको भनाई रहेको छ।

पुस्ता हस्तान्तरणको सन्दर्भमा नेता कट्वालले भने, ‘पार्टीलाई जिवन्त बनाइराख्नको लागि केन्द्रदेखि तल्लो कमिटिसम्म क्षमतावान सक्षम युवा पुस्तालाई नेतृत्व हस्तान्तरण अनिवार्य रहेको छ।’

उनले मन्त्री विश्वप्रकाश शर्माले केही दिन अघि पार्टी सभापतिलाई राष्ट्रपतिको लागि सिफारिस गर्न पार्टी भित्र छलफल भईरहेको बताएको प्रसंगलाई इंगित गर्दै भने, ‘सभापतिलाई राष्ट्रपतिको लागि अघि सार्न सकिने सम्भावना जीवित रहेको छ तर अहिले सम्म कुनै निर्णय बने भएको छैन।’