राजनीति

बरिष्ठ नेता पौडेललाई राष्ट्रपति बनाउने सहमति नजिक : नेता शर्मा

१२ फागुन, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपाली कांग्रेसका उम्मेदवार नै राष्ट्रपति बन्ने बताएका छन् ।

पुर्व अर्थमन्त्री समेत रहेका नेता शर्माले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी रहेको बताए । कांग्रेस, माओवादी एकीकृत समाजवादी र जसपाबीच वरिष्ठ नेता पौडेललाई उम्मेदवार बनाउने सहमति अन्तिम चरणमा पुगेको बताए ।

राष्ट्रपति उम्मेदवार चयनबारे यी चार दलले अपराह्न ५ बजे थप छलफल गर्दै छ ।