राजनीति

राष्ट्रपति कांग्रेसलाई दिन प्रधानमन्त्री सकारात्मक : डा महत

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपतिका लागि कांग्रेस उम्मेदवारलाई सघाउन सकारात्मक देखिएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता समेत रहेका महतले कांग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री दाहाल कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको बताए ।

त्यस्तै, सांसद महतले अन्य दलहरु पनि कांग्रेस उम्मेदवारलाई समर्थन गर्न सकारात्मक रहेको बताए ।