राजनीति

जसपाको कार्यकारिणी समितिको आकस्मिक बैठक बस्दै

१२ फागुन, काठमाडौं । राजनीतिक भेटवार्तामा ब्यस्त रहेको जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। आफ्नो पार्टीको भागमा उपराष्ट्रपति पाउने चर्चा चलिरहेको बेला बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा आज बेलुका ६ बजे बस्ने गरी बैठक डाकिएको छ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा सहमतिको आधारमा उम्मेदवार चयन गर्न आज बिहान वालुवाटारमा बसेको चार पार्टीको बैठक निष्कर्ष बिनानै टुंगिएको थियो ।

जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ । बैठकमा सहभागी अन्य दलहरू जसपाको माग प्रति सकारात्मक रहेको नेताहरूले बताएका छन् ।