राजनीति

बालुवाटारबाट ओली ‘आउट’, कांग्रेस नेताहरू ‘इन’

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । राष्ट्रपति निर्वाचनलाई लिएर दुइ नेताबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।

आजै बसेको संसद बैठकबाट ओली, प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । उनीहरूबीच झन्डै दुई २ घण्टा कुराकानी भएको थियो ।

यसै बीच ओलीसंगको भेट सकिए लगत्तै कांग्रेसका नेताहरु बालुवाटार छिरेका छन् । आज बिहान बसेको ४ दलको बैठक बिना निष्कर्स सकिएपछी कांग्रेस, माओवादी, जनता समाजवादी (जसपा) र एकीकृत समाजवादीको बैठक पुन: बस्ने बताए अनुसार नेताहरू बालुवाटार पुगेका हुन् ।