राजनीति

बालुवाटार बैठकमा जानु अघि नेपाल-ओलीबीच भेटवार्ता

१२ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचनलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपालबीच महाराजगंजमा भेट भएको छ ।दुई नेताहरूबीच महाराजगंजमै गत आइतबार बैठक भएको थियो ।

करिब आधा घन्टाको भेवार्ता पछि नेपाल चार दलीय बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।बिहान भएको चार दलीय छलफलमा नेपालले आफूलाई राष्ट्रपति उम्मेदवार बनाउनु पर्ने प्रस्ताव गरेका थिए ।

कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नो दलको दावी गर्दै आएको छ।