राजनीति

आममाफी पाएका सांसद चौधरीले राष्ट्रपति र उपराष्ट्रपतिलाई मत दिन पाउने

१२ फागुन, काठमाडौं । ट्रकमा आगजनी गरेको घटनामा दोषी ठहर भइ जेल चलान भएर निस्किएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

आयोगले केही दिनअघि सार्वजनिक गरेको मतादाता नामावलीमा उनको नाम समावेस गरेको थिए। नागरिक उन्मुक्ति पार्टीले रिहा भइसकेको भन्दै नामावलीमा नाम समावेश गर्न माग गर्दै निवेदन दिएको थियो ।सोही निवेदनको आधारमा चौधरीको नाम नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ ।

चौधरीलाई प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिएकि थिइन् ।