समाचार

राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

१३ फागुन, काठमाडौं । राप्रपाका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकासमन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन् ।

कांग्रेस, माओवादी केन्द्रसखित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपा सरकारबाट बाहिरिने निर्णय गरेको हो । राप्रपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।