समाचार

रविलाई भेट्न राष्ट्रपतिका उम्मेदवार पौडेल पुगे हात्तिगौंडा

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले रास्वपाका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि वरिष्ठ नेता पौडेलले सभापति लामिछानेको हात्तिगौंडास्थित निवासमा पुगेर भेट गरेका हुन् । उक्त भेटघाटमा वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न सभापति लामिछानेलाई आग्रह गरेको एक नेताले जानकारी दिए ।