राजनीति

सहमति अनुसार नै माओवादी केन्द्रले एमालेलाई मत दिन्छ : अध्यक्ष ओली

१३ फागुन, काठमाडौं । सत्तासाझेदारी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १० को सहमति अनुसार नै राष्ट्रपतिमा एमालेको उमेदवारलाई मत दिने बताएका छन् ।

आफ्नो दलकोतर्फबाट उम्मेदवारको मनोनयन दर्ता पछि सञ्चारकर्मीसँग बोल्दै ओलीले माओवादी केन्द्रले एमालेको उमेदवारलाई सहयोग गर्ने बताएका हुन् ।

ओलीले भने ,’ आफुलाई अफ्ट्यारो परेको र दवाब आएको प्रधानमन्त्री जीले बताइरहनु भएको छ। फागुनको २५ गते उहाँको दलले एमालेको उम्मेदवारलाई सहयोग गर्नेमा म विश्वस्थ छु ,’।

एमालेले आफ्नो दलको तर्फबाट पार्टी उपाध्यक्ष सुवास नेम्वाङ्गलाई राष्ट्रपतिको उम्मेदवार अघि सारेको छ भने कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार उठाउने निर्णय गरेको छ ।