राजनीति

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुनेछन् : माधव नेपाल

१३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुने बताएका छन् । आज काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेपालले ८ दलको समर्थन रहेकाले राष्ट्रपतिमा पौडेल विजयी बन्ने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने,’नेपाली काँग्रेसका वरिष्ठ नेता माननीय रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिका लागि ८ दलको तर्फबाट हामीले प्रस्तावित गरेका छौं । अब उहाँ अवश्य पनि विजयी हुनुहुनेछ भन्ने हामी सबै आशा गरिरहेका छौं,’।

उनले जुनसुकै ओहोदामा पुगेका व्यक्तिहरुले पनि आफ्नो मर्यादाको सम्मान गर्दै राष्ट्र र जनताको हित चिताएर अघि बढनुपर्नेमा जोड दिए । पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने,‘आफ्नो ओहोदाको, मर्यादाको रक्षा गर्दै, त्यसको सम्मान गर्दै र यो देश र जनताको हित चिताएर अगाडि बढ्ने कुरामा हामी कटिवद्ध होऔं,’ ।